सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपिओमा आजसम्म मात्रै आवेदन दिन सकिने

Advertisement

काठमाडौं । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आइपिओमा आवेदन आजसम्म (माघ २५) मात्रै दिन सकिनेछ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले यस कम्पनीको बुक बिल्डिङ विधिको आइपिओमा आज कार्यालय समयभित्र आवेदन दिन सक्नेछन् । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि पुस २५ देखि ९ लाख ३० हजार कित्ता आइपिओ बिक्रीमा ल्याएको हो । यसमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपियाँ ९० पैसाका दरले आवेदन दिनुपर्नेछ भने न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ बताइएको छ । 

Advertisement

कम्पनीले पहिलोपल्ट बुक बिल्डिङ विधिबाट आइपिओ जारी गरेको हो । यसमा उद्योग प्रभावित क्षेत्र नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं ३, ४, ५, ६ र १३ तथा उत्खनन प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं ७ र ८ तथा निस्दी गाउँपालिकाको वडा नं ७ मा बसोबास गर्ने स्थानीय बासिन्दाको लागि छुट्याएको छ ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड छन् ।

इक्रा नेपालले  ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्न मध्यमस्तरको क्षमता रहेको जनाउँछ । 
 

Advertisement

Advertisement