छप्पन्न लाख ५८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) मा सूचीकृत तीन कम्पनीको ५६ लाख ५८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

एक विकास बैंक, एक लघुवित्त र एक अर्को कम्पनीको शेयर मूल्य आज समायोजन भएको हो ।

Advertisement

यसैक्रममा सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस शेयर बापत १६ लाख ३३ हजार ७ सय ९५.८६ कित्ता शेयर सूचीकृत भएको हो ।

त्यस्तै स्वाभिमान लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १२.३५ प्रतिशत बोनस बापतको १५ लाख ९५ हजार ४५ कित्ता शेयर सूचीकृत भएको छ ।

यसैगरी हिमालयन डिस्टिलरीले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको २४ लाख २९ हजार ५ सय ६६.६५ कित्ता शेयर आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।    
 

Advertisement

Advertisement