वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Advertisement

ललितपुर । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । आज (सोमबार) अपरान्ह उपचारका लागि मेडिसिटी अस्पताल लैजाने क्रममा उनको बाटोमै निधन भएको हो । 

संगीतकार चेतन सापकोटाका अनुसार आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ । 

Advertisement

भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दुध मात्रै खाएर बाँचिरहेका थिए । वि.सं. १९९९ सालमा धनकुटामा जन्मिएका उनको नेपाली सुगम संगीतमा विशेष योगदान छ । 

स्वरसम्राट नारायणगोपालका समकालीन गायक आचार्यका मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरु, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत चारसय भन्दा धेरै गीत छन् । उनलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी गरिएको छ । 

Advertisement

Advertisement