काठमाडौं । निकै लोकप्रिय विद्युतीय सवारी ब्राण्ड बीवाईडीले पछिल्लो समय विज्ञापनको गजबको आईडिया फुराएको छ । कुनै खास चाडपर्वलाई लक्षित गर्दै कम्पनीले बीवाईको बिज्ञापन गर्नेगरी चर्चित कलाकारलाई प्रयोग गरेर शुभकामना सन्देश प्रवाह गरिरहेको छ । यो गजबको आइडिया हो ।
मुख्य चाडं दशैमा शुभकामनाका लागि खासै कलाकारको प्रयोग नगरेपनि बीवाईडीले तिहार र छठमा भने आफ्नो बिज्ञापनसहितको शुभकामना सन्देशमा चर्चित कलाकारहरुको प्रयोग गरिरहेको छ । कम्पनीले शुभकामना बिज्ञापनका लागि नेपाली फिल्मी इन्ड्रस्ट्रीका चर्चित कलाकार नाजिर हुसेन र पूर्व मिस नेपाल समेत रहेकी कलाकार एवं मोडल सृष्टी श्रेष्ठलाई प्रयोग गरिरहेको छ ।
तिहारको कुकुर पुँजाको दिनदेखि फोटो तथा भिडियो बिज्ञान शुभकामना सन्देश बनाएर गजबको प्रचार गरिरहेको कम्पनीले पछिल्लो पटक छठलाई समेत यस्तै शुभकामना सन्देश बनाएर प्रचार गरेको छ ।
कलाकार सृष्टी श्रेष्ठ छठीयामाईको पुजा आराधानपछि अस्ताउँदो सूर्यलाई अर्घ दिइरहेकी छिन् । संभवत बागमती नदी नै हुनुपर्छ । तर उनको पृष्ठ (ब्याकग्राण्ड) मा आकर्ष तरिकाले बीवाईको गाडी राखिएको छ । नेपाली पन, चाडपर्व विशेष सद्भाव जगाउने र बिज्ञापन पनि गर्ने कम्पनीको यो काइदा गजब नै हो ।
भर्खरै मात्र नेपालीहरुको घर आगनबाट विदा भएको तिहारमा कम्पनीले कलाकार नाजिर हुसेन र सृष्टी श्रेष्ठ दुबैलाई प्रयोग गरेर गजबको बिम्बात्मक सांस्कृतिक सन्देश बनाएको थियो । कुकुर तिहारमा कुकुरको पुजा एंव सद्भावको बिम्बको रुपमा कम्पनीले नाजिर र सृष्टीलाई घरको आगनमा बीवाईडी गाडीको साथमा कुकुर पुजा गरेको र बोकेको फोटो सुट गराएको थियो र यसैलाई प्रचार गरेको थियो ।
यस्तै, कम्पनीले लक्ष्मी पुजाको दिन द्वय कलाकार नाजिर र सृष्टीलाई नै प्रयोग गर्दै दुईजनाले सँगसँगै लक्ष्मी पुजा गरेको र आत्मियता साटासाट गर्दै बीवाईडी अट्टो३ मा घुम्न निस्किएको फोटो र भिडियो क्लिप बनाएको थियो । तिहारको माहोलमा धार्मिक एंम सांस्कृतिक महत्वलाई झल्काउँदै यसरी बिज्ञापनको नयाँ र बेजोड शैल अपनाउनु गजब हो ।
कसरी फुर्यो यस्तो आइडिया ?
बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.का प्रबन्ध निर्देशक यमुना श्रेष्ठ सामुहिक छलफल र आइडिया सेयरिङ्गबाटै नयाँ कन्सेप्ट आएको बताउछिन् ।
‘हामी व्यवस्थापन टिम, मार्केटिङ्ग, एजेन्सी सबैले सामुहिक छलफल र आपसी समझदारीमा काम गर्नेगर्छौ । कसैलाई केही मन लाग्यो गरिहाल्ने, लागू भइहाल्ने भन्ने हुँदैन, हामी बढी सामुहिक निर्णयमा काम गर्नेगर्छौ’ प्रबन्ध निर्देशक श्रेष्ठले भनिन्, ‘चाडपर्व विशेष शुभकामना सन्देशको नयाँ कन्सेप्ट यसैको उपज हो ।’
पछिल्लो समय कलाकार द्वय नाजिर हुसेन र सृष्टी श्रेष्ठको सहभागितालाई भने कम्पनीले आपसरी समझदारी र लेनदेनको सहकार्य भनेको छ । नाजिर र सृष्टीको फिल्ममा कम्पनीले स्पोन्सर गरेको र बीवाईडी गाडीको समेत प्रयोग भएको हुँदा उनीहरु बीवाईडीसँगको साझेदारीमा जोडिएको श्रेष्ठको भनाइ छ ।
‘नाजिर र सृष्टीसँग बीवाईडीको पहिलेदेखिकै सम्बन्ध हो । उहाँहरुको एउटा फिल्ममा कम्पनीले स्पोन्सर पनि गरेको छ । उहाँहरु हामीसँग जोडिनुभयो र पछिल्लो समय हामीले पनि उहाँहरुसँगको सहकार्यमा शुभकामना सन्देश फोटो तथा भिडियो बनाइरहेका छौं । यो हाम्रो सिंगो टिमको सामुहिक र सकारात्मक पहल हो’ उनले भनिन् ।
बीवाईडीले चाडपर्वको विशेष कलाकार प्रयोग गरेर फोटो भिडियो सन्देश बनाइरहेपनि अरु कम्पनीहरुले भने यसो गरेका छैनन् । बरु अरु कम्पनी तथा ब्राण्डहरुले चाडपर्व विशेष विभिन्न ग्राफिक्स डिजाइन फोटोहरुको भने प्रयोग गरिरहेका छन् ।