स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको  एक्सटेन्सन काउण्टर

Advertisement

काठमाडौं । गरिमा विकास बैंकले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं. ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरी उक्त एक्सटेन्सन काउण्टरबाट कारोबार शुभारम्भ गरेको छ । 

सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् । 

Advertisement

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ । 
 

Advertisement

Advertisement