आजको मौसम : गण्डकीसहित यी प्रदेशमा हल्का हिमपातको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । हाल  देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ  ।

अहिले नेपालमा पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ ।

Advertisement

आज दिउँसो  सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहनेछ ।

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशसहित  देशका  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागमा मौसम  मुख्यतया  सफा  रहनेछ ।  

गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक–दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको पनि विभागले जनाएको छ ।

 
 

Advertisement

Advertisement