आजको मौसम : यी प्रदेशमा हुँदैछ वर्षा र हिमपात

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ ।

विभागका अनुसार कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

Advertisement

त्यस्तै, कोशी प्रदेशकै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

आज दिउँसो भने कोशी ,मधेश, बागमती र गण्डकीसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ । 

कोशी, मधेश र बागमती प्रदेशको थोरै स्थानका साथै बाँकी देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोशी ,मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ । 

कोशी ,मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
 

Advertisement

Advertisement