बुधबारसम्मै वर्षाको सम्भावना, आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात ?
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले नेपालमा बुधबारसम्मै वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका एकाध स्थानमा हल्का वर्षा भइरहेको छ ।

Advertisement

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । त्यस्तै, कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

साथै, उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

विभागले राति कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाएको छ । 

कोशी, बागमती, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

कोशी  र मधेश प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यसैगरी भोलि मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी पहाडी भू–भागका  एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको बताइएको छ ।
त्यसैगरी, बुधबार पनि वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार बुधबार मध्यान्नपछि कोशी, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी भू–भागका वर्षाको सम्भावना रहेको छ । 

 

Advertisement

Advertisement