आजको माैसम : बागमतीसहित यी चार प्रदेशमा वर्षा, हिमाली तथा उच्च पहाडी भेगमा हिमपात

Advertisement

काठमाडौं । अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने मधेश र बागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । 

Advertisement

कोशी, बागमती र गण्डकी, मधेश प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशकै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती  र गण्डकी प्रदेशका पहाडी भू–भाग भने हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement