पहाडी भू–भागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना
फाइल तस्बिर ।

Advertisement

काठमाडौं । हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसका कारण अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । 

Advertisement

त्यस्तै, पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

Advertisement

Advertisement