गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा, पहाडी तथा उच्च हिमाली भेगमा हिमपात

Advertisement

काठमाडौं । अहिले देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

Advertisement

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

त्यस्तै, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।


त्यस्तै, राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

त्यसैगरी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

Advertisement

Advertisement