आजको मौसम : कोशी र मधेश प्रदेशमा चट्याङसहित वर्षा हुने

Advertisement

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार दिउँसो कोशी र मधेश प्रदेशलगायतका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

Advertisement

त्यस्तै, पहाडी भू–भागका एकाध स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

त्यसैगरी, राति कोशी र मधेश प्रदेशलगायतका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताइएको छ ।

त्यस्तै, सोही प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement