उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न आजै

Advertisement

काठमाडौं । निर्वाचन आयोगले आज उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । 

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । त्यस्तै, दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

Advertisement

उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 

२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

Advertisement