‘निर्मला पन्तको हत्यारा आफूले चिनेको छु’ भनेर अन्तरवार्ता दिने गोरखाका नवराज अर्याल पक्राउ

Advertisement

काठमाडौं । कञ्चनपुरकी नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न तीन जनालाई आफूले चिनेको भन्दै एक टेलिभिजन च्यानलमा अन्तरवार्ता दिएपछि गोरखाका नवराज अर्याल पक्राउ परेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी)का प्रमुख होविन्द्र बोगटीले अर्याल पक्राउ परेको सार्वजनिकरुपमा स्वीकार गरेका छन् । छ बर्षअघि भएको उक्त घट्नामा संलग्नहरु आफूले चिनेको र चिनेकै कारण पीडकहरुले तीन पटकसम्म आफूलाई हत्या गर्ने प्रयास गरेको, जागिरबाट निकालेको, सवारी चालक अनुमतिपत्र नवीकरण गर्न नदिएको अर्यालले बताएका थिए । 

Advertisement

उनले आफ्नो सुरक्षा प्रहरी प्रशासनले गर्ने भने हत्याराहरुको नाम भन्न आफू तयार रहेको बताएका थिए । अर्यालले तत्कालिन समयमा खानेपानी मन्त्री रहेकी बिना मगरका सुरक्षा गार्ड पनि सोही घटनाको प्रत्यक्षदर्शी भएको र सोही कारण उनलाई पनि भ्रष्टाचारको आरोप लगाएर जागिरबाट निकाल्ने काम भएको भन्दै ती सुरक्षागार्डले पनि हत्यारालाई पहिचान गर्नसक्ने बताए । 

Advertisement

Advertisement