महालेखा नियन्त्रक कार्यालयले दियो एकै दिन साढे २० करोड बजेट खर्च निकाशा फुकुवा

Advertisement

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले बुधबार एकैदिन साढे २० करोड रुपियाँ बजेट खर्च निकाशा फुकुवा गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गतको  कोष तथा लेखा नियन्त्रक कार्यालयहरु पाँचथर, ईलाम, खोटाङ्ग, उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर र ओखलढुङ्गामा सञ्चालन हुने साना सिचाई कार्यक्रम र जलवायु परिवर्तन सहयोग कार्यक्रम अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा आरक्ष आयोजनका लागि कार्यालयले एक मुस्ट २० करोड ४९ लाख रुपैयाँ बजेट निकाशा फुकुवा गरेको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार वैदेशिक श्रोत तथा नगद अनुदानबाट सञ्चालन हुने साना सिचाई कार्यक्रमका लागि  १० करोड ९९ लाख रुपियाँ निकाशा फुकुवा दिइएको छ भने जलवायु परिवर्तन कार्यक्रमका लागि ९ करोड ५० लाख रुपियाँ निकाशा फुकुवा दिइएको छ । 

Advertisement

विनियोजित बजेट मध्ये वार्षिक बजेट तथा कार्यक्रम अनुसारको रकम संलग्न सुची बमोजिम वार्षिक बजेट ननाध्ने गरी कोष तथा लेखा नियन्त्रक कार्यालयबाट दोश्रो त्रैमासिक सम्मको निकासा हुने व्यवस्था हुन कात्तिक १४ गतेको निर्णय अनुसार निकाशा फुकुवा गरिएको कार्यालयले जनाएको छ ।

Advertisement

Advertisement