सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ५९ हजार २ सयमा कारोबार

Advertisement

काठमाडौं । सोमबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन प्रतितोला ४ सय बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५९ हजार २०० रुपियाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । 

Advertisement

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि हिजो जस्तै प्रतितोला १ हजार ९ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement