नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैनः प्रधानमन्त्री दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गरेका छन् । 

जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रश्तुत गर्ने कार्यक्रम तय गरिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आज बिहान काँग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गरे । 

Advertisement

काँग्रेससँग सहमतीको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे । आईतवार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले काँग्रेससँग सोमवार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए । 

यता, प्रधानमन्त्री दाहालसँगको भेटपछि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । 

 

Advertisement

Advertisement