एआईजीद्वय जोशी र ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित

Advertisement

काठमाडौं । हालै पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय उमेशराज जोशी र भीमप्रसाद ढकाल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । 

साथै आजै प्राविधिक प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । 

Advertisement

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । 

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ  प्रहरी अधिकृतहरू पदोन्नति भएका थिए । 

    

Advertisement

Advertisement