माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमा बापत १० लाख रकम हस्तान्तरण

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले न्यू स्मार्ट तलव खाता अन्तरगत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बीमा बापतको १० लाख रकम हस्तान्तरण गरेको छ । 

बैंकको आर्दशनगर विरगञ्जस्थित शाखामा खाता रहेका ग्राहक लालबाबुप्रसाद यादवको बाईक दुर्घटनामा मृत्यु पश्चात उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार आइतबार उक्त बीमा रकम हस्तान्तरण गरिएको हो ।  

Advertisement

बैंकका चिफ बिजनेश अफिसर डिल्लीराम गिरी, मधेश प्रदेश प्रमुख इन्दुशेखर देवकोटा, आदर्शनगर शाखाका शाखा प्रमुख शुसिल थपलियाले उक्त मृत्यु दावी भुक्तानीको चेक मृतक यादवकी श्रीमती शोभालाई हस्तान्तरण गरेका हुन् ।  

बैंकल न्यू स्मार्ट तलव खाता अन्र्तगत १० लाखको दुर्घटना बीमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बीमा, १ लाखसम्म अस्पताल भर्ना एवम् औषधि उपचार बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।
 

Advertisement

Advertisement