काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले खुला प्रतियोगिताद्वारा रिक्त पदपूर्ति गर्नुपर्ने जनाउँदै कार्यकारी निर्देशक पदमा दरखास्त खुलाएको हो ।
इच्छुक तथा योग्य नेपाली नागरिकले आजका मितिले २१ दिनभित्र आवेदन मन्त्रालयको कर्मचारी प्रशासन शाखा सिंहदरबार, काठमाडौंमा आइपुग्ने गरी गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ ।
उम्मेदवारको उमेर दरखास्त दिने अन्तिम मितिसम्म २० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।
आवेदन फर्म मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।