एनसेलकी विशाखा खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

Advertisement

काठमाडौं । एनसेलले कम्पनीकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान गरेको ‘वुमन्स् ट्याब्लोइड अवार्ड्स २०२४’ बाट सम्मानित भएको बताएको छ । 

उनले ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर–टेलिकम’ विधाअन्तर्गत यो अवार्ड पाएको एनसेलको भनाई छ । यो अवार्ड खड्काले सामाजिक क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरु र ती कार्यहरुको प्रभावको सम्मान भएको बताउँदै कम्पनीले यो अवार्ड एनसेलले एक जिम्मेवार कर्पोरेट नागरिक बनेर वर्षौदेखि स्वास्थ्य, शिक्षा, वातावरण, विपद् प्रतिकार्य तथा पूर्वतयारी लगायतका क्षेत्रहरुमा गर्दै आएको प्रभावकारी सामाजिक पहलहरुको एक प्रमाण पनि भएको बताएको छ । 

Advertisement

एनसेलले आफूहरुले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १ करोड ३० लाखभन्दा बढी नेपालीलाई सकारात्मक प्रभाव पार्दै देशै भरी सय भन्दा बढी सामाजिक परियोजनाहरू कार्यान्वयन गरेको बताएको छ । राजधानीको चक्रपथको कोटेश्वर–कलङ्की १०.२ किलोमिटर सडक खण्डको दुवैतिर गरिएको ल्याण्डस्केपिङ र हरियाली विकास, धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन तथा स्वास्थ्य सूचना कार्यक्रम, ६० वटा सरकारी विद्यालयहरुमा स्थापना गरिएको आधुनिक डिजिटल आईटी ल्याब र सबै प्रदेश समेटिने गरि सञ्चालन गरिएको एटीन फर एटीन सामाजिक पहल एनसेलले कार्यान्वयन गरेको केही प्रमुख परियोजनाहरु रहेको बताएको छ । 

आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा एनसेलले नाइन्टिन फर नाइन्टिन सामाजिक पहलको पनि सुरुवात गरेको घोषणा गरेको जनाएको छ । यसअन्तर्गत एनसेल फाउन्डेसनले कुल १९ सामाजिक परियोजनाहरू सञ्चालन गर्नेछ । 

एनसेलले विभिन्न सामाजिक पहलहरुमा रु २ अर्ब भन्दा बढिको योगदान गरिसकेको छ । सामाजिक परियोजनामार्फत सामाजिक–आर्थिक विकासमा योगदान पुर्याएकोले एनसेल एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भईसकेको छ ।

वुमन्स ट्याब्लोइड अवाडर््सले मुख्य रूपमा वुमन लिडर, चिफ एक्जिक्युटिभ अफिसरहरु, उद्यमीहरू, र महिलाले सञ्चालन गरेका व्यवसायहरुको उल्लेखनीय उपलब्धिहरुको सम्मान गर्दछ भन्दै कम्पनीले वुमन ट्याब्लोइड एउटा ग्लोबल बिजनेश म्यागेजिन हो जसले विभिन्न उद्योगहरूमा महिलाहरूले गरेको उपलब्धि, चुनौती र योगदानलाई हाइलाइट गर्दछ भनेको छ ।

Advertisement

Advertisement