बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो भारतीय नागरिक बने रिग्जिन

Advertisement

सगरमाथा आधार शिविर ।  लद्दाख भारतका स्कालजाङ रिग्जिनले बिनाअक्सिजन सगरमाथाको सफल आराेहण गरेका छन् ।

उनले बिहीबार बिहान ४:३० बजे बिना अक्सिजन सफल आराेहण गरेकाे पायोनियर एडभेन्चरका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिए । यससँगै रिग्जिन बिनाअक्सिजन सगरमाथा आरोहण गर्ने पहिलो भारतीय नागरिक बनेका छन् ।

Advertisement

उनले बिनाअक्सिजन आराेहण गर्नुको मुख्य उद्देश्य  कारण आफ्नाे क्षमता जाँच्न र लद्दाखका युवा गाइड तथा पर्वतारोहीलाई उत्प्रेरित गर्ने​ रहेकाे बताए । 

यसअघि अक्सिजन सिलिन्डर प्रयोग नगरी अन्नपूर्ण-१ हिमाल र ल्होत्से हिमालकाे सफलतापूर्वक आरोहण गर्ने उनी लद्दाखबाट पहिलो पर्वतारोही बनेका थिए । 

रिग्जिन सन् १९९७ देखि ट्रेकिङ क्षेत्र हुँदै पर्वतारोहण क्षेत्रमा आबद्ध छन् । उनी बुट्स एन्ड क्रयाम्पनमा माउन्टेन गाइडका रुपमा कार्यरत छन् भने लद्दाख माउन्टेन गाइड एसोसिएसनका अध्यक्षसमेत हुन् ।

हालसम्म उनले नेपाल र भारतमा रहेका ७ हजार मिटर अग्ला हिमालहरुकाे सफल आराेहण गरिसकेका छन् ।

Advertisement

Advertisement