गुहेश्वरी मर्चेण्टद्वारा बुद्ध जयन्तीको अवसरमा श्रद्धालुहरुलाई सामुहिक भोजन वितरण

Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले काठमाडौं महानगरपालिका १५ मा अवस्थित स्वयम्भूनाथ स्तुपा परिसरमा २५६८औं बुद्ध जयन्तीको शुभ अवसरमा श्रद्धालुहरुलाई सामुहिक भोजन वितरण कार्यक्रम नकर्मी समाजको सहकार्यमा सम्पन्न गरेको छ । 

सो कार्यक्रममा नकर्मी समाजका अध्यक्ष जितेन्द्र नकर्मी, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्गको उपस्थितिका साथै संस्थाका अन्य कर्मचारीहरु तथा नकर्मी समाजको सदस्यहरुको उपस्थिति थियो । 

Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस संस्थाले विगत देखिनै सामाजिक कार्य गर्दै आईरहेकोे छ । आगामी दिनहरुमा पनि यसैगरी सहयोग कार्यलाई निरन्तरता दिने कुरामा यस संस्था प्रतिबद्व रहेको जनाएको छ । 

संस्थाले मुलुकभर २३ वटा शाखा कार्यालयहरु, ४ वटा विस्तारित काउण्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी एटिएम सेवा, मोबाइल बैंकिङ सेवाहरु जस्ता आधुनिक बैंकिङ सेवाहरु समेत प्रदान गर्दै आईरहेको जनाएको छ । 
 

Advertisement

Advertisement