‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गर्छः न्यायाधीश फुँयाल

Advertisement

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुँयालले अदालत रिपोर्टिङलाई विशेष रिपोर्टिङका रुपमा स्थापित गराउनुपर्ने बताएका छन् । 

शुक्रवार साँझ काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक रिपोर्टिङबाट अदालती रिपोर्टिङलाई निकालेर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन बाँकी रहेको बताए । 

Advertisement

न्यायाधीश फुँयालले ‘हाई प्रोफाइल केस’मा मिडिया ट्रायल हुने गरेको बताए । उनले अदालती रिपोर्टिङमा केही चुनौतिहरु अझै रहेको बताए । फुँयालले अहिलेको अदालती रिपोर्टिङ राजनीतिक रिपोर्टिङसँग जोडेर लिने गरिएको बताए । 

न्यायाधीश फुँयालले कतिपय न्यायाधीशहरु पनि मिडिया ट्रायलको प्रभावमा पर्ने गरेको भन्दै मिडिया ट्रायल प्रभावमा न्यायाधीशहरु बहकिनु नहुने बताए । उनले भने, ‘अहिलेको लिगल रिपोर्टिङका केही चुनौतिहरु छन् । अहिलेको लिगल रिपोर्टिङ भनेको मुख्यतया राजनीतिक रिपोर्टिङसँग गाँसिएर आउँछ । हामी सेप्रेसन अफ पावरको कुरा गर्दछौँ, सेप्रेसन अफ लिगल रिपोर्टिङ स्टिल एण्ड एचटुबी एचिभ । मेन स्ट्रिम पोलिटिकल न्युजहरुबाट लिगल रिपोर्टिङलाई छुट्याएर छुट्टै प्रोफेसनल वा स्पेसलिष्ट रिपोर्टिङ बनाउन वास्तवमा अझै बाँकी छ ।’ 

फुँयालले भने, ‘अहिले रिपोर्टिङ कस्तो छ भन्दा हाइ प्रोफाइल केसेसहरुको रिपोर्टिङ गर्दा त्यसपछि कहिले काहीँ अब हामी त्यसलाई यन अदर ल्याङ्ग्वेज पत्रकारहरुले त भन्नुहुन्न, स्क्यान्डलाइज गर्ने भनेर पनि भनिन्छ । अर्को भाषामा भन्दा मिडिया ट्रायल गर्ने । हाइ प्रोफाइल केसेसहरु । अहिलेकै केही हाइ प्रोफाइल केसेसहरु हामीले उदाहरणका रुपमा लिनसक्छाँै । कतिपय जजहरुलाई एकदम त्यसको सिन्ड्रोम बसिसकेको हुन्छ । कतिपय कोर्ट अफिसर्स र जजहरुलाई त्यसको प्रभाव परिरहेको हुन्छ । मिडियाले के भन्ला, कसो भन्ला, भन्ने सिन्ड्रोम तयार भइसकेको हुन्छ, हामी त्यो चरणमा छाँै । अहिले पछिल्लो चरणमा क्रमशः पोजिटिभ रिपोर्टिङ हुँदै गएको छ ।’

न्यायाधीश फुँयालले अन्य देशमा लिगल रिपोर्टिङको अवस्थाका बारेमा पनि छलफल गर्न जरुरी रहेको बताए । 

Advertisement

Advertisement