काँग्रेसको बिरोधबीच नीति तथा कार्यक्रममाथि छलफल, सत्तापक्षीय साँसदहरु बोल्दै

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको बिरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको बैठकमा आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रश्ताव गरेका छन् । 

आईतवारको प्रतिनिधि सभा बैठकमा काँग्रेसले वेल घेराउ गरी नारा जुलुस लगाइरहँदासमेत प्रधानमन्त्रीले आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रश्ताव गरेका हुन् । 

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ जेठ १ गते मंगलवार संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रश्तुत गरेका थिए । प्रतिनिधि सभामा आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि एक घण्टाको समय छुट्याएर छलफल जारी छ । अहिले नेकपा एमालेको तर्फबाट पूर्वअर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रबाट पूर्वअर्थमन्त्री जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले आ.व. २०८१–८२ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राखेका छन् । 

Advertisement

Advertisement