अर्थ मन्त्रालयले व्यावसायिक र औद्योगिक वातवारण सिर्जना गर्ने

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले आफू अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने बताएको छ । 

अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् ।

Advertisement

अर्थमन्त्री पौडेलले राजस्व संकलन र पूँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिएका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढी पहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।

Advertisement

Advertisement