काठमाडाैंमा बिहानैदेखि वर्षा, आज कुन प्रदेशको मौसम कस्तो ?

Advertisement

काठमाडौं । अहिले काठमाडाैंसहित गण्डकी, मधेश, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ । मधेश, बागमती र गण्डकी प्रदेशलगायतका बाँकी पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

विभागले कोशी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुनेछ ।

राति कोशीमा साधारणदेखि पूर्ण बदली, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका केही स्थान भने चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै, मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

कोशीका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात हुने विभागको पूर्वानुमान छ ।

Advertisement

Advertisement