इजिप्टले सहुलियतपूर्ण रोटीको मूल्य बढाउने

Advertisement

काठमाडौं । इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले सहुलियत दरको रोटीको मूल्य २० पिस्टरसम्म बढाउने घोषणा गरेका छन् । नयाँ निर्णय जुन १ देखि लागू हुनेछ । 

अहिले ५ पिस्टर हुने एउटा रोटीको मूल्य ३० वर्षभन्दा बढी भइसक्दा पनि परिवर्तन नभएको भन्दै मदबोली सहुलियतदरले उत्पादन गर्न सरकारलाई १२५ पिस्टर खर्च लाग्ने बताए । 

Advertisement

मदबोली रोटीमा सहुलियत जारी रहने बताउँदै उनले उत्पादन लागतमा भएको उल्लेखनीय वृद्धिलाई प्रतिविम्वित गर्न समायोजन गर्नुपर्ने बताए । मदबोलीले सरकारलाई आर्थिक भार कम गर्न र सहुलियतका वस्तुहरू वास्तवमै आवश्यक पर्ने जनतासम्म पुग्नेगरी अनुदान प्रणालीलाई प्रवद्र्धन गर्ने उपायबारे छलफल भएको बताए । 

इजिप्टले ८.५ मिलियन टन गहुँ खपत गर्दछ र प्रति वर्ष १०० अर्ब अनुदानित रोटी उत्पादन गर्दछ । साथै, इजिप्टका आपूर्ति र आन्तरिक व्यापारमन्त्री अली मोसेल्हीले देशमा गहुँको भण्डार ५.६ महिनाको लागि पर्याप्त रहेको बताए । 

चिनीको भण्डार फेब्रुअरी २०२५ सम्म पर्याप्त रहेको बताउनु भयो । मन्त्रीले तेलको भण्डार ६.२ महिना र चामल र पास्ता दुई महिनाका लागि पर्याप्त रहेको बताए । 

इजिप्ट विश्वको सबैभन्दा ठूलो गहुँ आयातकर्ता हो । रूस–युक्रेन द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति श्रृंखला अवरोध र मूल्य वृद्धिबाट ग्रस्त रहेको छ । राज्यले सञ्चालित अहराम अखबारका अनुसार देशले आफ्नो वार्षिक खपत १ करोड ८० लाख टन गहुँको दुई तिहाइ आयात गर्छ । सिन्ह्वा–नान

Advertisement

Advertisement