अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फौजदारी मुद्दाका सबै कसुरमा दोषी ठहर

Advertisement

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन् ।

भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो ।

Advertisement

अदालतले जुलाई ११ मा उनीविरुद्ध सजाय सुनाउने छ । ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ । कानुनविद्हरूले उनलाई जरिवाना हुने सम्भावना बढी रहेको बताएका छन् ।

ट्रम्पले यो आदेशलाई ूकलंक भन्दै उक्त मुद्दा हेर्ने निकायकोअध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन् । 

ट्रम्पविरुद्ध परेका केही मुद्दाको सुनुवाइ हुन बाँकी नै छ ।

राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर ह्वाइट हाउसमा फर्किन ट्रम्पले निर्वाचन अभियान चलाइरहँदा यो आदेश आएको हो ।

अदालतले २२ प्रत्यक्षदर्शीसँग छ सातासम्म बयान लिएको थियो । बयान दिनेमा ट्रम्पसँग अवैध यौन सम्बन्ध भएको र सन् २०१६ को चुनावअघि चुप बस्नूरकम दिइएको भनिएकी पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन् ।

ट्रम्प अमेरिकाका पैँतालिसौँ राष्ट्रपति हुन् । ट्रम्पले पुनरावेदन गर्ने योजना बनाएको भए पनि यो मुद्दाको फैसलाबाट राजनीतिक प्रभाव पर्न सक्ने ठानिएको छ।

दोषी ठहर भएर पनि प्रमुख दलबाट राष्ट्रपतिको उम्मेदवार बन्न लागेका उनी पहिलो नेता हुन् ।

यसै वर्षको सुरुमा उनी रिपब्लिकन पार्टीबाट उम्मेदवार मनोनीत भएका थिए । अदालतले सजाय सुनाएको केही दिनभित्रै उनी सो दलको अधिवेशनबाट औपचारिक उम्मेदवार बन्ने छन् । (–बीबीसी नेपाली सेवाबाट)

Advertisement

Advertisement