कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिटको ८ अर्ब बढी अपचलनको आरोपमा सीबी लामा पक्राउ

Advertisement

काठमाडौं । दुई सहकारी संस्थाको ८ अर्ब रकम अपचलनको आरोपमा काभ्रेका चन्द्रबहादुर तामाङ (सीबी लामा) पक्राउ परेका छन् ।  

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ र पशुपति सेभिङ एण्ड क्रेडिटको अर्बौं रकम अपचलन गरी फरार रहेका लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको हो । 

Advertisement

लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका तत्कालीन अध्यक्ष तथा पशुपति सेभिङ एण्ड कोअपरेटिभका अध्यक्ष हुन् । 

अध्यक्ष लामा तथा सञ्चालकहरूले बचतकर्ता र शेयर सदस्यको रकम दुरुपयोग गरी विभिन्न स्थानमा व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेका थिए । 

उनीमाथि कान्तिपुर कोअपरेटिभको ६ अर्ब र पशुपति सेभिङ एण्ड क्रेडिटको २ अर्ब गरी झण्डै ८ अर्ब रकम अपचलनको आरोप छ । 

उनी बिरुद्ध कान्तिपुरको ६ अर्ब ७८ करोड र पशुपतिको  १ अर्ब ११ करोड ४८ लाख ३ हजार रुपियाँ ठगी गरेको भन्दै बचतकर्ताहरुले समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा उजुरीसमेत परेको छ । 

कान्तिपुर गत फागुन ३ गते र पशुपति सेभिङ एण्ड क्रेडिट गत साउन १ गते समस्याग्रस्त घोषणा सहकारी संस्था घोषणा भएको छ । 

Advertisement

Advertisement