गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवस्थाको अभ्यास

Advertisement

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवस्थाको अभ्यास गरिएको छ ।

विहान सवा ९ बजेतिर भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरको दक्षिणतर्फ हरियो रंगको जहाज दुर्घट्नाग्रस्त अवस्थामा विमानस्थलमा आपतकालीन अवस्था घोषणा गरि उडान र अवतरण रोकियो । आगोको मुस्लो देखिने वित्तीकै विमानस्थलमा खटिएका दुई वटा दमकल त्यसतर्फ कुदे र पानीको फोहरा फाली आगो निभाउन सुरु गरियो । 

Advertisement

प्रहरीले घट्नास्थललाई डोरी टाँगी घेराबन्दी गरेको थियो । आगो निभाउन विमानस्थलका बाहेक थप दमकल पनि साइरन बजाउँदै आइपुगे । आगलागी नियन्त्रणमा आउँदै गर्दा केही एम्बुलेन्स र उद्धार टोली घट्नास्थलमा पुगे । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, रेडक्रस लगायतको उद्धारको टोली घट्नास्थलमा खटाइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । 

undefined

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार गौतम बुद्ध विमास्थलमा देखिएको यो दृष्य वास्तविक नभई कृतिम अर्थात अभ्यासको रुपमा मात्र गरिएको हो । यस्तो दुर्घट्ना भइहाले त्यस्तो अवस्थामा उद्धारमा कसरी खटिने भनेर अभ्यास गरिएको विमानस्थलले जानकारी दिएको छ ।

null 

 

Advertisement

Advertisement