न्युरोडमा बालेनले अघि बढाएको काममा केपी ओलीको अवरोध

Advertisement

काठमाडौं । राजधानीको व्यापारिक तथा साँस्कृति केन्द्र न्यूरोडमा पैदलमार्ग केही फराकिलो बनाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको काममा सत्ताधारी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अवरोध सिर्जना गर्न लगाएका छन् । 

ओलीले आफ्नो पार्टीको मातहतमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई लगाएर पैदलमार्ग फराकिलो बनाउन सुरु भएको काममा अवरोध सिर्जना गरेका हुन् । 

Advertisement

दैनिक लाखौं मानिस आवातजावत गर्ने उक्त सडक खण्डमा सडक विभागकै मापदण्डअनुसार सडक कायम राखी पैदलमार्ग फराकिलो बनाउन भन्दै मेयर बालेन शाहले ठेक्का प्रक्रिया अघि बढाएका थिए । तर ओलीले बालेनससँगको आफ्नो व्यक्तिगत इगोका कारण प्रहरी परिचालन गरी पैदलमार्गका लागि खनेको ठाउँ पुर्न लगाएका छन् । 
 
त्यस क्रममा महानगरका नगर प्रहरी र सरकारका प्रहरी आमनेसामने भएका थिए । प्रहरीसँगै नेकपा एमालेका कार्यकर्ताहरु पनि परिचालन गरिएकाले स्थानीय पनि प्रतिरोधमा उत्रिन सकेनन् । 

न्युरोडका स्थानीय अमररत्न बज्राचार्यले काठमाडौं महानगरले इन्द्रचोकको बाटो भत्काएको र सडक विभागले पिच गर्न थालेपछि बिरोध शुरु भएको बताए । उनले महानगर प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको बताए । 

बालेनले केपी ओली नेतृत्वको सरकारले गरेका गिरिबन्धु टिइस्टेटलगायतका भ्रष्टाचारको आलोचना गर्दै आएका छन् । 

Advertisement

Advertisement