काठमाडौं मेयर बालेन शाहलाई काम गर्न देउः चन्द्र भण्डारी, ‘गिरीबन्धुले नेपाली ठगिए’

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र (बालेन) शाहको काममा अवरोध गर्न नहुने बताएका छन् । 

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले व्यक्तिगत इगो देखाउँदै बालेनले अघि बढाएको नयाँ सडकको निर्माण कार्यमा अवरोध गरेको सन्दर्भमा नेता भण्डारीको यस्तो प्रतिक्रिया आएको हो । 

Advertisement

उनले एमाले र त्यसका अध्यक्ष केपी ओलीले काठमाडांैको न्युरोडस्थित सडक पेटी बिस्तार गर्न नदिएको आरोप लगाउँदै बालेन शाहलाई काम गर्ने कुरामा निरुत्साहित गर्न नहुने बताए । 

संसद भवन नयाँ बानेश्वरमा सोमबार भण्डारीले मेयर शाहमा केही गरौं भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए । उनले गिरीबन्धु टि स्टेट प्रकरण छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए 
। 

उनले भने, ‘गिरीबन्धु कसले गर्यो ? यो अनुसन्धानको विषय हो । गिरीबन्धुहरुको कारणले धेरै नेपालीहरु ठगिएका छन् । जसरी सहकारीमा ठगिएका छन । यसको रकम छिटोभन्दा छिटो फिर्ता गरिनु पर्छ । र गलत गर्नेलाई कारबाही पनि गर्नुपर्छ । दोस्रो कुरा जुन बालेनहरु नयाँ जेनेरेशन आएका छन् । उसलाई केही गरौं भन्ने हुटहुटी छ । हामीले त्यो काम गर्न दिनुपर्छ । आफूले पनि नगर्ने, आफूले पनि नजिक भएको फोहोर नदेख्ने, नयाँ जेनेरेशन आएर उसले गर्छु, नजिक फोहोर छ मैले फ्याँक्छु । मैले विश्वको शहरहरुजस्तो बनाउँछु भन्छ भने उसलाई पनि हामीले निरुत्साहित गर्नुहुँदैन । र काम गर्न दिनु पर्छ । म युवा जेनेरेशनको पक्षमा छु । तर धेरै बोल्ने, नचाहिने कुरा गर्ने, आपसमा द्वन्द्व गर्नेहरुको पक्षमा होइन ।’

Advertisement

Advertisement