सुरक्षा मापदण्ड उल्लंघन गरेको भन्दै निगमका पाइलट विजय लामा र भावना पन्तमाथि कारवाही

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलटहरू विजय लामा र भावना पन्तलाई ‘एक्टिभ ड्युटी’बाट हटाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरक्षा प्रावधान उल्लंघन गरेको भन्दै प्राधिकरणले उनीहरूलाई अनुसन्धान अवधिभरिका लागि ग्राउन्डेड गरेको जानकारी गराएको हो ।

Advertisement

प्राधिकरणले दुवै पाइलटलाई रोस्टरबाट हटाउन निगमलाई निर्देशन दिएको सामाजिक सञ्जालबाट जानकारी दिएको छ । पन्त न्यारो बडी जहाज ‘एयरबस ३२०’ उडाउने क्याप्टेन हुन् भने लामा वाइड बडी जहाज ‘एयरबस ३३०’ उडाउने क्याप्टेन हुन् । लामो पहिला पनि पटक पटक विवादमा आइरहने पाइलट हुन् । 

Advertisement

Advertisement