बागमती र गण्डकीमा बिहानैदेखि वर्षा, कस्तो रहला आजको मौसम ?

Advertisement

काठमाडौं । नेपालमा स्थानीय वायुको प्रभाव रहँदा अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Advertisement

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरी चल्न सक्ने भन्दै विभागले सतर्कता अपनाउन पनि अनुरोध गरेको छ

त्यसैगरी राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताइएको छ ।

कोशी प्रदेशका स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । 

Advertisement

Advertisement