फिफा विश्वकप छनोट : नेपाल युएईसँग पराजित

Advertisement

काठमाडौं । फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । 

साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा  सम्पन्न खेलमा  युएईले  नेपाललाई ४(० गोलअन्तरले पराजित गरेको हो ।

Advertisement

युएईले खेलको पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो भने दोस्रो हाफमा थप दुई गोल गरेको थियो । युएईका लागि हरिब अब्दुल्लाह अल्मुशरखले दुई गोल गरे भने अली सलेह अम्रो र हाजिम अब्बासले समान एकरएक गोल गरे ।

अल्मुशरखले खेलको १२औं र १४औं मिनेटमा गोल गरेका थिए भने अम्रोले ५३औं र अब्बासले ७५औं मिनेट गोल गरेपछि यूएईले जित हासिल गरेको हो । 

जितसँगै पाँच जितका साथ युएईले १५ अङ्क जोड्दै समूह ‘एच’को शीर्ष स्थानमा छ । पाँच वटै खेलमा पराजित नेपाल भने अङ्कविहीन छ । 

नेपालले अन्तिम खेलमा यही जेठ २९ गते यमनसँग खेल्नेछ ।

Advertisement

Advertisement