एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद निष्कासन गर्ने

Advertisement

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । 

कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न असार १४ गते विशेष साधारणसभा बोलाएको छ ।
सभा, बबरमहलस्थित बसेरा बुटिक होटलमा मध्यान्ह साढे १२ बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले अधिकृत तथा जारी पुँजी वृद्धिपश्चात् हकप्रद शेयर निष्कासन गर्ने, प्रबन्धपत्र संशोधन गर्ने र त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असार ९ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् । 

Advertisement