सूर्यज्योति लाइफको पाँच लाख ६८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको पाँच लाख ६८ हजार २८७ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

हाललाई यो शेयर संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

इच्छुक शेयरधनीले ३५ दिनभित्र थापाथलीस्थित कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र मूल्य खुलाई शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

तोकिएको समयमा खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement