ब्यारेक छोडेर भाग्ने सशस्त्र प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

Advertisement

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गैरहाजिर सात सशस्त्र प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ । 

कार्यालयले एक सूचना जारी गर्दै नेपाका विभिन इकाइबाट बिदा तथा आफूखुसी लाइन ब्यारेक छोडी भागी गैरहाजिर भएका कर्मचारीलाई सात दिनभित्र गैरहाजिर हुनुको मनासिव कारण खुलाई सम्बन्धित कार्यालयमा सम्पर्कमा आउन भनेको हो ।

Advertisement

तोकिएको समयभित्र सम्पर्कमा नआए सशस्त्र प्रहरी नियमावलीअनुसार कारबाही हुने बताइएको छ । 

undefined

Advertisement

Advertisement