लक्ष्मी समूहले दुई भेरिएन्टमा ल्याउने भयो ‘केई’को इलेक्ट्रिक गाडी, कति पर्छ मूल्य ? (भिडियोसहित)

Advertisement

काठमाडौं । चिनियाँ इलेक्ट्रिक ब्राण्ड केईको ‘एक्स–थ्रि प्रो’ नेपाली बजारमा भित्रिने भएको छ । केईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी ई-मोविलिटीले पहिलो चरणमा  एक्स–थ्रि प्रो’को दुई वटा भेरिएन्ट ल्याउन लागेको हो । 

लक्ष्मी समूहअन्तर्गतको यो कम्पनीले यो गाडी आसन्न नाडा अटो शोलाई केन्द्रीत गरेर नेपाल भित्राउने योजना बनाए पनि केही दिनमै सार्वजनिक गर्ने तयारी गरेको छ ।

Advertisement

चीनको चर्चित गाडी ब्राण्ड चेरीको सब–ब्राण्डको रुपमा रहेको केईको सब–कम्प्याक्ट एसयूभी सेगमेन्टको ‘एक्स–थ्रि प्रो’मा १२० किलोवाट मोटर र ५३ किलोवाट लिथियम आइरन पोलिमर ब्याट्री छ । 

यो ब्याट्रीको आयू अन्य ब्याट्रीको तुलनामा धेरै हुने लक्ष्मी इलेक्ट्रिक मोविलिटी, केईका शोरुम इन्चार्ज शाहिल शाहले जानकारी दिए । 

यो गाडीले सिङ्गल चार्जमा चार सय किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । यो गाडीको १८३ मिलिमिटरको ग्राउण्ड क्लेयरेन्सले नेपालको सडकमा राम्रो प्रदर्शन गर्ने उनले बताए । 

null

सुरक्षाका लागि यसमा चार वटा एयर ब्याग, रेयर क्यामरा, ३६० डिग्री क्यामरा, हिल असिस्ट कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, एबिएस, इबिडी, ट्र्याक्सन कन्ट्रोल लगायतका विशेषता छन् ।

त्यसैगरी, यो गाडीमा चालकको सहजताका लागि केही आधारभूत विशेषताका लागि ‘फिजिकल बटम’ पनि दिइएको छ भने यसको हाई भेरिएन्टमा ‘प्यानोरोमिक मुन रुफ’ पनि रहेको छ । 

undefined

केईको ‘एक्स–थ्रि प्रो’मा ३६० लिटर बुट स्पेस भएको हुनाले यात्राको क्रममा सामान राख्न झण्झट नहुने कम्पनीले जनाएको छ । ग्राहकको सहजताका लागि कम्पनीले गाडीसँगै घरमा राख्ने सात किलोवाटको एसी फास्ट चर्जरका साथै यात्राका लागि ३.३ किलोवाटको पोर्टेबल चार्जर पनि दिने शाहले जानकारी दिए । 

त्यसैगरी, गाडीको साथमा स्पेयर टायर पनि आउने छ । लक्ष्मी ई-मोविलिटीले ‘एक्स–थ्रि प्रो’को डिलक्स भेरिएन्टको मूल्य ५१ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्ट ५३ लाख ९६ हजार निर्धारण गरेको छ । 

Advertisement

Advertisement