बुद्ध एयरको जहाज भैरहवामा अवतरण गर्न नसकी काठमाडौंनै फर्कियो

Advertisement

काठमाडौं । अनुगमन गर्न हिडेको योजना आयोगको टोली जहाज अवतरण गर्न नसकेर भैरहवा विमानस्थलबाट फर्किएको काठमाडौं फर्किएको छ । 

आयोगका सदस्य डा. रामकुमार फुयाल नेतृत्वको टोली बुद्ध एयरको ७ः५५ को जहाज मार्फत भैरहवा जाने तय भएको थियो, तर उक्त विमान १२ बजेमात्रै उडेको थियो ।  

Advertisement

भैरहवा पुगेर पनि मौसम प्रतिकुलतका कारण कारण विमान अवतरण हुन नसकी काठमाडौं फर्किएको र १ः०३ बजे काठमाडौंमै अवतरण भएको थियो । 

आयोगले विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योग लगायतको अनुगमन गरी शुक्रबार फर्कने योजना थियो । जहाज अवतरण हुन नसकेपछि जहाजभित्र रुवावासी समेत चलेको थियो । 

आयोगको टोलीसँगै जहाजभित्र पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल समेत थिए । जहाज फर्किएपछि आयोग सदस्य डा. फुयाल सिंहदरबारस्थित कार्यालयमा हाजिर भएका थिए । 

Advertisement

Advertisement