जनकपुर गुठीको हजारौं विघा जग्गा प्रशासक, नेता, पत्रकार, ठेकेदार मिलेर लुटेः झा

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुर गुठीको जग्गा स्थानीय प्रशासन, जनप्रतिनिधि, पत्रकार, ठेकेदारहरु मिलेर लुट गरिरहेको बताएका छन् । 

बुधवार संसदमा उनले किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गरी मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान दिएर जनकपुरमा दुई कुटी र ७२ कुण्ड शहरको रुपमा निर्माण भएको सुनाउँदै तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरेको बताए । 

Advertisement

झाले भने, ‘किश्वरदास र चर्तुभुज गिरीले जनकपुरको निर्माण प्रक्रिया शुरु गर्नुभयो । मकवानपुरको राजपरिवारबाट इन्द्रविधता सेनको तर्फबाट १४ सय विघा जग्गा दान भयो । त्यसले जनकपुरमा २ कुटी र ७२ कुण्ड सहरको रुपमा निर्माण भयो । तर अहिले आएर जनकपुरका सबै गुठी र कुटी तथा ५२ कुण्ड ४० कुण्डमा झरी सक्यो । सबै स्थानीय प्रशासन जनप्रतिनिधि,पत्रकार,ठेकेदारहरु मिलेर त्यहाँका जग्गाको लुट गर्दैछन् । त्यसमा सबै सरोकार साझेदारहरुको ध्यानाकर्षण गराउँदै जिम्मेवार हुन आग्रह गर्दछु ।’

यसअघि उनकै पार्टीका सभापति एवं गृहमति रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको नौ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको भन्दै सोको ‘विग अपरेसन’ सुरु गरेको बताएका थिए । 

Advertisement

Advertisement