सहकारी महासंघले सहकारी रोजगार मेला गर्ने

Advertisement

ललितपुर । राष्ट्रिय सहकारी महासंघले असार ७ गतेदेखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला आयोजना गर्ने जनाएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै महासंघले पुल्चोकमा असार ७, ८ र ९ गते मेला आयोजना गर्न लागेको जानकारी गराएको हो । 

महासंघले मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता भन्ने मूल नाराका साथ पहिलो पटक रोजगार मेला आयोजना गर्न लागेको छ । महासंघकी अध्यक्ष ओमदेवी मल्लले केही सहकारीको कारण सहकारी भनेको सडकमा जानुपर्ने भन्ने भ्रम सिर्जना भएको बताइन् । 

Advertisement

उनले दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थितिलाई मुलुकभित्रै युवाहरुलाई सहकारीको माध्यमबाट राख्ने उद्देश्यले रोजगार मेला गर्न लागेको बताइन् । मल्लले मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरु प्रवद्र्धन गर्न महत्वपूर्ण कोशेढुङ्गा सावित हुने बताइन् । 

उनले अहिले ३१ हजार सहकारीमा एक लाख बढीले प्रत्यक्ष रोजगारी दिएको सहकारी क्षेत्रले भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले योगदान गर्ने विश्वास लिएको बताइन् । मल्लले मेला विदेश पलायन युवा रोक्न, स्वदेशमै रोजगारी सिर्जना गरी प्रोत्साहन गर्ने वातावरण बनाउनको लागि मेला आयोजना गरिएको बताइन् । 

उत्पादन तथा सेवाका सहकारीहरु र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्ने सहजता प्रदान गर्ने बताउँदै उनले मेलामा स्टार्टअप र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेहरुको लागि नेटवर्किङको कार्य समेत हुने बताइन् । 

महासंघले सहकारी रोजगार मेलाले समयमा नै रोजगारी सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत वितरण अनलाइनमार्फत रोजगारीको लाभ लिन युवाको थप आकर्षण हुने अपेक्षा गरेको छ । 

Advertisement

Advertisement