सहकारीका बचतकर्ता भन्छन्– हाम्रो नाममा दलहरुले राजनीति गरे, यो कुनै दलको आन्दोलन होइन

Advertisement

काठमाडौं । सहकारीका बचतकर्ताहरुले आफूहरुको नाममा दलहरुले राजनीति गरेको भन्दै त्यस्तो राजनीति नगर्ने चेतावनी दिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले विज्ञप्ति जारी गरेर आफूहरुको आन्दोलन कुनै दलविशेषको नभएको स्पष्ट पारेको हो । 

आफूहरुको अभियान बिगत १८ दिनदेखि चलिरहेको भन्दै अभियानले सरकारले बचतकर्ताको फिर्ताको जिम्मा लिनुपर्छ र बचत रकम फिर्ता हुनुपर्छ भनेर आन्दोलन गरेको हो भन्दै तर धेरै राजनीतिक दलहरुले यसमा राजनीति गर्न खोजेको बताएको छ । 

Advertisement

सहकारीका बचतकर्ता पार्टीको आन्दोलनमा गए प्रतिउत्पादक हुने भन्दै अभियानले सचेत पनि गराएको छ । पोखरामा सत्ताधारी दलहरुले सहकारीको बचतकर्ताको नाममा प्रदर्शन गरेको थियो । सोही कुरालाई लक्षित गर्दै अभियानले आपत्ति जनाएको हो । 

यस्तो छ विज्ञप्तिः 

undefinedundefined

Advertisement

Advertisement