पोलमा आगलागीपछि राजधानीको अनामनगर क्षेत्रमा इन्टरनेट अवरुद्ध

Advertisement

काठमाडौं । राजधानीको अनामनगर क्षेत्रमा आगलागी भएको छ । 

बिहान ७ बजेतिर अनामनगरस्थित बाजेको सेकुवानजिकै पोलमा आगलागी भएको हो । 

Advertisement

आगो निभाउन काठमाडौं महानगरको दमकल आएको छ । स्थिति नियन्त्रणमा छ ।

आगलागीले पोलमा रहेका अधिकांश इन्टरनेटका तार जलेका छन् । तार जलेपछि अनामनगर एरियामा इन्टरनेट अवरुद्ध बनेको छ ।

Advertisement