टिकटकमाथिको प्रतिवन्ध हटाउन आईएसपी र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौं । सामाजिक सञ्जालको रुपमा प्रयोग हुँदै आएको टिकटकमाथिको प्रतिवन्ध हटाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोवाइल सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषदको यही गएको भदौ ६ गतेको निर्णयअनुसार प्राधिकरणले यस्तो प्रतिवन्ध हटाउन उनीहरुलाई निर्देशन दिएको जानकारी दिएको छ । प्राधिकरणले अर्को निर्देशन नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्वन्धित आईएसपी र टेलिकमहरुलाई निर्देशन जारी गरेको बताएको हो । 

Advertisement

बिकृति फैलाएको भन्दै सरकारले टिकटकमाथि प्रतिवन्ध लगाएपछि समर्थनभन्दा धेरै विरोध भएको थियो । टिकटकले सामाजिक सञ्जाल सञ्चालनसम्वन्धी विशेषताहरुमा सुधार गर्न तयार भएको आधारमा प्रतिवन्ध हटाउन सरकार तयार भएको जनाइएको छ । 

Advertisement