दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्ने सोचमा छौंः कृषिमन्त्री साह
file photo

Advertisement

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छिन् । 

शुक्रवार एमाले निकट उद्योगी व्यवसायीहरुसँग सिंहदरबारमा आयोजित छलफल कार्यक्रममा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन् । 

Advertisement

उनले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रुपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको उल्लेख गरिन् । उनले मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिइन् । 

उनले सरकारले दुग्ध विकास संस्थानलाई अहिलेकै रुपमा सञ्चालन गर्ने भन्दा पनि नयाँ ढङ्गले दीर्घकालीन रुपमा समस्या समाधान गर्नेगरी लाग्न आवश्यक रहेको बताइन् । उनले संस्थानले किसान र दुग्ध व्यवसायीहरु माथि खेलवाड गर्न नमिल्ने बताउनु भयो । 

Advertisement