वरुण हाइड्रोपावरले हकप्रद निष्कासन गर्न डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । वरुण हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ ।

सभा,  असोज १३ गते लर्ड पार्टी भेन्यू धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेदेखि शुरू हुनेछ । 

Advertisement

सभाले हकप्रद शेयर अनुमोदन, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र गत आवमा सञ्चालक समितिले गरेका कार्य अनुमोदन गर्नेछ ।

त्यस्तै मर्जरका लागि आवश्यक कार्य गर्न र नियामक निकायबाट कुनै आदेश भएमा सोही अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने मुख्य एजेण्डा पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।

Advertisement