पर्यटनका दृष्टिकोणले सूदुरपश्चिम ‘भर्जिन’ क्षेत्र होः मन्त्री पाण्डे

Advertisement

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । 

विहिबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ। तर पनि राज्यबाट पछि परेको छ । मानव विकास सूचकांकका दृष्टिकोणले समेत पछाडि परेको छ । सुदुपश्चिमको पर्यटकीय क्षेत्रको विकास लागि राजनीति दल सरोकारवालाहरूसँग छलफल गरेर अघि बढ्ने छु ।

Advertisement

मन्त्री पाण्डेले  ५ सय भन्दा बढी पर्व र १३१वटा भाषा भएको उल्लेख गरे । उनले भाषा सभ्यता,संस्कृति,भेषभुषा र पर्यटकीय दृष्टिकोणले मुलुक धनी भएको बताए ।

संस्कृति र पर्यटनलाई चलायनमान बनाउने र त्यसलाई सुनिश्चित बनाउनका लागि नागरिक उड्डयनको क्षेत्रलाई प्रभावकारी बनाउन बनाउन सकेमा देशमा आर्थिक वृद्धि हुने उल्लेख गरे । उनले मन्त्रालयको समग्र विषयवस्तु बुझिसकेको र अब प्राथमिकरणका आधारमा अघि बढ्ने समेत बताए । 

साथै उनले नीतिगत र कानुनी रूपमा भएका त्रुटिहरू समेत संशोधन गर्दै अघि बढिरहेकोमा प्रस्ट पारे । 

Advertisement