‘मह जात्रा’ कात्तिक २९ देखि, ४० बर्षदेखि आवाज उठाउँदा पनि राजनीति सुधार नभएको गुनासो

Advertisement

काठमाडौं । कात्तिक २९ देखि महजोडीले ‘मह जात्रा’ प्रहसनमार्फत प्रत्यक्ष प्रश्तुती दिने भएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरी कार्तिक २९ गतेदेखि नेपाल पज्ञा प्रतिष्ठानमा ‘मह जात्रा’ प्रहसन हुने जानकारी दिइएको हो । 

दर्शकहरुलाई हसाउँदै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्यका साथ मह जात्रा गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहसनमा वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेत लगायतको प्रश्तुति रहने बताइएको छ । 

Advertisement

प्रहसनको मुख्य उद्देश्य हाँस्य व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, तथा सांस्कृतिक कुरितिहरुलाई व्यंग्यको माध्यमबाट प्रश्तुत गरिने छ । 

कलाकार मदनकृष्ण श्रेष्ठले कार्यक्रम गर्न लागेकोमा आफू उत्साहित रहेको बताए । उनले आफूहरु कुनै पनि राजनीतिक दलसँग अहिलेसम्म नगाँसिएको र सबै दलहरुलाई बराबर नजरले हेरेको बताए । श्रेष्ठले शरीरले साथ दिएसम्म आफूले काम गरिरहने बताए । 

कलाकार हरिवंश आचार्यले मनोरञ्जनलाई पहिलो स्थान दिएर एउटा नाटक बनाएको बताए । उनले दर्शकको मुहारबाट कसरी हाँसो फुस्काउने भन्ने आफूहरुको काम हुने बताए । आचार्यले राजनीति सुधारको लागि ४० वर्ष अघिदेखि आवाज उठाउँदै आएपनि अहिलेसम्म सुधार हुन नसकेको बताए । राजनीतिक विृकतिलाई हाँस्यव्यंग्यबाट प्रश्ततु गर्ने गरेको आचार्यले उल्लेख गरे । कसैलाई रिस उठ्नेगरी आफूहरुले व्यंग्य नगर्ने बताए । 

मह जोडी दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आएको हो । मह जोडीले आफ्नो पुरानो शैलीको हास्य व्यंग्यलाई फेरि जीवन्त बनाउन र नेपाली दर्शकहरुलाई हसाउँदै प्रहसनमा प्रश्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको बताइएको छ । 

Advertisement

Advertisement